युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने « Khabarhub

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सुरक्षा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि र्‍याली र प्रदर्शन कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको हो ।

‘विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ’, प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल शनिबार दिउँसो १ बजे काठमाडौं तिनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिने निर्णय गरेसँगै युवा संघको सो र्‍याली प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा