महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति « Khabarhub

महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रष्ट पारेको छ ।

महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनयता विभिन्न सञ्चार माध्यमहरूमा महानिरीक्षक खापुङ्गले यस्तै आशयको भनाइ राखेको भन्ने समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको प्रष्ट्याइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ५८ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६