अदानचुलीमा जिप दुर्घटना हुदाँ ११ जना घाइते « Khabarhub

अदानचुलीमा जिप दुर्घटना हुदाँ ११ जना घाइते


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

आज सोही गाउँपालिकाको मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको  जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार १२ जनामध्ये ११ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले जानकारी दिए । 

जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको जनाइएको छ । घाइते हुनेमा चङ्खेली-६ की १४ वर्षीया बिमला बुढा, २४ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँका अन्दाजी आठ वर्षीया अनुपमा रोकाया, दुई वर्षीय दिवाङ्स बुढा, सिमकोट-८ का अन्दाजी चार वर्षीया जागृति रोकाया, सोही ठाउँका अन्दाजी २९ वर्षीय मनवीर बुढा, ३६ वर्षीय महेन्द्र रोकाया, करिब २९ वर्षीया वसन्ती रोकाया, सोही गाउँपालिकाकी अन्दाजी २६ वर्षीया पार्वती सिराहा, २४ वर्षीय हँस लामा,  करिब २९ वर्षीय कैलाश सिराहा र २९ वर्षीय बहादुर लामा घाइते भएका छन् । 

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र पठाउन लागिको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख टिका उपाध्यायले जानकारी दिए । रासस

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ५५ बजे

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका