मोरक्कोमा जेनजी आन्दोलन तीव्र, राजा मोहम्मद छैठौँले सम्बोधन गर्ने | Khabarhub Khabarhub

मोरक्कोमा जेनजी आन्दोलन तीव्र, राजा मोहम्मद छैठौँले सम्बोधन गर्ने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रबात- उत्तर अफ्रिकी मुलुक मोरक्कोका राजा मोहम्मद छैठौँले शुक्रबार संसदको उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

देशका प्रमुख सहरहरूमा जारी व्यापक प्रदर्शनहरूले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको सम्बोधन सामान्य वार्षिक परम्पराभन्दा धेरै उच्च राजनीतिक जोखिमसहितको हुने अनुमान गरिएको छ ।

देशको सर्वोच्च अधिकार सम्पन्न शासक मानिने राजा मोहम्मद छैठौँले सामान्यतया जनतालाई कमै सम्बोधन गर्छन् र अन्तर्राष्ट्रिय मामिलामा प्रायः मन्त्रीहरू वा शाही परिवारका सदस्यहरूलाई प्रतिनिधित्व गर्न पठाउँछन् ।

दशकौँअघि ‘गरिबहरूको राजा’ भनेर चिनिएका उनी अहिले भने सुस्त विकास, बढ्दो असमानता र आर्थिक विभाजनका कारण नागरिकहरूमा फैलिएको असन्तुष्टिको केन्द्रमा छन् ।

सेप्टेम्बर २७ देखि देशभर फैलिएको प्रदर्शनमा हजारौँ युवा सडकमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान सार्वजनिक सेवाभन्दा बढी सन् २०३० फिफा विश्वकपका तयारीमा अर्बौं डलर खर्च गर्नमा केन्द्रित भएको भन्दै आपत्ति जनाइरहेका छन् ।

‘जेन जेड २१२’ नामक युवा नेतृत्वको आन्दोलनले नयाँ स्टेडियम निर्माण र उपेक्षित विद्यालय तथा अस्पतालबीचको असन्तुलनलाई औँल्याउँदै सन् २०११ को अरब वसन्तपछि पहिलोपटक यति ठूलो स्तरको राष्ट्रिय आन्दोलन खडा गरेको छ ।

प्रदर्शनका नारा स्पष्ट छन्— ‘जनताले राजाको हस्तक्षेप चाहन्छ ।’

राजा मोहम्मद छैठौँले यसअघि असमानताले भरिएको ‘दुई–गति राष्ट्र’ (टु स्पिड कन्ट्री) स्वीकार गर्न नसक्ने बताएका थिए । उनले गत जुलाईमा तटीय सहर तेतुआनमा आयोजित एक भाषणमा भनेका थिए , “आर्थिक विकास र पूर्वाधार निर्माण जति भए पनि ती उपलब्धिहरूले सबै वर्ग र क्षेत्रका नागरिकहरूको जीवनस्तरमा ठोस सुधार ल्याएमा मात्र म सन्तुष्ट हुनेछु ।”

यसपटकको सम्बोधन जनआन्दोलनको चर्को अवस्थामा भइरहेको छ । प्रदर्शनकारीहरूले राजदरबारमा सिधै मागपत्र पठाउँदै प्रधानमन्त्री अजिज अखानोच र उनको सरकारलाई बर्खास्त गर्न, राजनीतिक बन्दीहरूको रिहाइ र भ्रष्ट राजनीतिज्ञहरूलाई कानूनी जवाफदेही बनाउने माग गरेका छन् ।

“हामी, मोरक्कोका युवाहरू, महामहिमको हस्तक्षेपमार्फत अधिकार पुनःस्थापना र भ्रष्टाचार विरुद्ध न्यायपूर्ण सुधारको माग गर्दैछौँ,” आन्दोलनको पत्रमा लेखिएको छ ।

उक्त पत्रले राजाको समस्याहरू समाधान गर्ने क्षमतामा गहिरो विश्वास व्यक्त गरे पनि राजाको प्रत्यक्ष आलोचना अझै वर्जित रहेको वास्तविकतालाई पनि उजागर गरेको छ । राजालाई सीधै अपिल गर्नु मोरक्कोली राजनीतिक संस्कृतिमा दुर्लभ कदम हो, जसले उनलाई राजनीतिभन्दा माथि राख्ने परम्परालाई चुनौती दिएको छ । यदि मागहरू पूरा भएनन् भने जिम्मेवारी कसको हुनेछ भन्ने प्रश्नले अब देशभर बहस निम्त्याएको छ ।

“जनताले ‘राजा दीर्घायु हुनुहोस्’ भन्दै सम्मान देखाइरहेका छन्, तर उनीहरूले शक्तिको वास्तविक स्रोत पनि दरबारमै छ भनेर इङ्गित गरिरहेका छन्”, अमेरिकी ड्युक विश्वविद्यालयका राजनीतिक विश्लेषक अब्देसलाम मघ्रौईले टिप्पणी गरे ।

यसैबीच ६० जना वरिष्ठ बुद्धिजीवी, कार्यकर्ता र असन्तुष्ट नागरिकहरूले जारी गरेको अर्को खुला पत्रले युवाहरूको मागलाई थप बल दिएको छ । उक्त पत्रमा राजा मोहम्मद छैठौँलाई ‘मोरक्कोमा कार्यकारी शक्तिको साँचो स्रोत’ भन्दै प्रधानमन्त्री मात्र नभई देशलाई हल्लाउने असन्तुष्टिको गहिरो संरचनात्मक कारण समाधान गर्न आग्रह गरिएको छ ।

बिहीबार साँझ भएको जनेरेसन जेड २१२ आन्दोलनको प्रदर्शनमा सहभागी युवाहरूले राजाको सम्बोधनबाट ठूलो आशा राखेका छन् । उनीहरूका अनुसार राजा मोहम्मद छैठौँले यदि आफ्ना मागहरू सम्बोधन गरे भने प्रधानमन्त्री अजिज अखानोचप्रतिको जनआक्रोश घट्न सक्छ ।

“हामी आशा गर्छौं, उहाँको सम्बोधनले मोरक्कोका युवाहरूका लागि सकारात्मक परिवर्तनको सङ्केत ल्याउनेछ”, कासाब्लान्कामा प्रदर्शनमा सहभागी १८ वर्षीया विद्यार्थी सौफियानले भने ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ४३ बजे

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु

देशभरबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन