माओवादीलाई लाग्यो निर्वाचन, मतदाता नामावलीमा विशेष ध्यान दिन निर्देशन « Khabarhub

माओवादीलाई लाग्यो निर्वाचन, मतदाता नामावलीमा विशेष ध्यान दिन निर्देशन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन लागेको छ ।

मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले अलमलमा रहेका बेला पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई निर्वाचन लागेको हो ।

माओवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक ‘प्रचण्ड’द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परे प्रक्रिया पुर्‍याउन भनेका हुन् ।

प्रचण्डले मतदाताको नाम, जन्म मिति र अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ।

परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।’

यो अभियान निर्वाचन आयोगले सुरू गरेको नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ। पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारसँग पनि जोडेर हेरेको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ५८ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको