एमालेको निष्कर्ष : सरकारले देशलाई मुठभेटतिर लग्यो, निष्पक्ष निर्वाचन हुन सक्दैन  « Khabarhub

एमालेको निष्कर्ष : सरकारले देशलाई मुठभेटतिर लग्यो, निष्पक्ष निर्वाचन हुन सक्दैन 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २४ गते सत्ताबाट बाहिरिएको नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेटतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए । 

ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउन सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको  आशंका रहेको उल्लेख गरे । 

बैठकमा जेन-जी आन्दोलनपछिको अवस्थाबारे सघन रूपमा छलफल भएको उनले बताएका छन् । ज्ञवालीले जेन-जी युवाका आवाज स्वाभाविक भए पनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।

उनले जेन-जी आन्दोलनलाई आधार बनाएर भाद्र २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने उल्लेख गरे । 

त्यस्तै एमालेको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गर्दै उनले शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ०६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको