नख्खुबाट भागेका कैदी आकाशले ठमेलमा युवकको हत्या गरेको खुलासा « Khabarhub

नख्खुबाट भागेका कैदी आकाशले ठमेलमा युवकको हत्या गरेको खुलासा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ।

राप्ती गाउँपालिका–१ दाङका मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेका थिए। खुकुरी हानेपछि घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ।

नख्खुबाट फरार आकाशले अर्को अपराध गरेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अर्को अपराध गरेका आकाश मगर लागू औषधसम्बन्धी मुद्दामा २०८० असोज २७ गतेदेखि नख्खुमा थिए। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खुबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि मगरसमेतका सयौं कैदी भागेका थिए ।

देशभरका कारागारबाट त्यसबेला कम्तीमा पनि १५ हजार कैदी बन्दी भागेका थिए । अझै ८ हजार कैदी बाहिर छन् । यसअघि पनि नख्खुबाट भागेका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरेका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : २६ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा