जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने « Khabarhub

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो ।

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए ।

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ । घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : १५ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ