निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले : शीतल निवासमा उठाए सरकारको निष्पक्षतामाथि प्रश्न « Khabarhub

निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले : शीतल निवासमा उठाए सरकारको निष्पक्षतामाथि प्रश्न


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ – शुक्रबार दिउँसो दुईवटा बैठकमा नेताहरूको ध्यान थियोे । पहिलो बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको थियो , एमालेको उक्त सचिवालय बैठकमा अहिलेको अवस्थामा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने कुरामा नेताहरूले प्रश्न उठाए ।

यो बैठकमा अध्यक्ष पदबाट ओलीको राजीनामा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताका विषयमा नेताहरूबीच मत बाझिएको छ ।

तर अहिलेकै अवस्थामा निर्वाचन हुने कुरामा एमाले नेताहरू ढुक्क देखिएका छैनन्। अहिलेको अवस्थामा निर्वाचन निष्पक्ष नहुने बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले बताए।

यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले पनि चौतर्फी पार्टीहरूमाथि हमला भइरहेकाले यही अवस्थामा निर्वाचनमा जान नसकिने तर्क गरे।

ज्ञवालीले पार्टीहरूले शान्तिपूर्ण रूपमा गतिविधि समेत गर्न नपाइरहेको अवस्थामा निर्वाचनमा जान नसकिने भन्दै सरकारलाई वातावरणका लागि दबाब दिनुपर्ने बताए ।

शीतल निवासको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी थिइन् ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले एमाले र कांग्रेस निर्वाचनमा तत्काल जान सकिँदैन भन्ने अडानमा रहेको बताएका छन् । ठूला दुई दलले यस्तो भने पनि अन्यले निर्वाचन गर्नुपर्ने मत राखे ।

राप्रपाले निर्वाचनको कुरा आउँदा संविधान संशोधन गरेर मात्रै त्यसतर्फ जानू उचित हुने राय राखेको थियोे । शाहीले संविधानमा व्यापक परिवर्तनपछि मात्रै अगाडि बढ्नुपर्छ भन्ने रायसहित शीतल निवासमा आठ बुँदे प्रस्ताव पेश गरेका हुन् ।

उता शीतल निवासको छलफलमा सहभागी एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेललाई सरकारले भागेका कैदीबन्दीलाई पक्राउ गर्नुपर्ने, आपराधिक गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने र लुटिएका हातहतियार फिर्ता ल्याए मात्रै निर्वाचनको माहोल न बिथोलिने कुरा राखेका थिए ।

बैठकमा निर्वाचन निष्पक्ष नहुने कुरामा एमाले नेताहरूको एक स्वर थियो । उता कांग्रेस नेताहरूले पनि निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । उनीहरूले पनि दलहरूलाई स्वतन्त्रतापूर्वक गतिविधिको ग्यारेन्टी माग गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल पनि सहभागी थिए

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत सहभागी थिए।

लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति बैठकमा थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : ०० बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा