विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्रमा भारत कायमै रहने विश्व बैंकको प्रक्षेपण « Khabarhub

विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्रमा भारत कायमै रहने विश्व बैंकको प्रक्षेपण


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले भारत विश्वको सबैभन्दा तीव्र वृद्धि हुने प्रमुख अर्थतन्त्र कायमै रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको दक्षिण एशिया विकास अद्यावधिक प्रतिवेदन अनुसार उपभोग र कृषि उत्पादनमा सुधार र बढ्दो ग्रामीण आम्दानीका कारण भारतको आर्थिक वृद्धि उच्च रहनेछ ।

विश्व बैंकको प्रतिवेदनमा यस वर्ष दक्षिण एशियाको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहने अनुमान गरिएको छ । तर, सन् २०२६ मा यो घटेर ५.८ प्रतिशतमा पुग्ने चेतावनी दिइएको छ ।

विश्व बैंकले वर्षमा दुई पटक प्रकाशित गर्ने क्षेत्रीय आर्थिक पूर्वानुमानले अझै पनि दक्षिण एशियाले विश्वव्यापी आर्थिक वृद्धिको नेतृत्व गरिरहेको देखाउँछ ।

यद्यपि यस प्रकारको तीव्र आर्थिक वृद्धिमा चुनौती पनि उत्तिकै रहेको जनाइएको छ । विश्व अर्थतन्त्रको अनिश्चितता, व्यापार नीतिमा हुने परिवर्तन, सामाजिक–राजनीतिक तनाव, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरूका कारण श्रम बजारमा हुने अवरोधहरूजस्ता चुनौतीको सामना गर्नुपर्ने बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहान्स जÞुटका अनुसार दक्षिण एशियामा अपार आर्थिक सम्भावना छ । अझै पनि विश्वको सबैभन्दा छिटो वृद्धि हुने क्षेत्र नै दक्षिण एशिया रहेको उनको भनाइ छ । तर, यस क्षेत्रमा रहेका मुलुकहरुले अर्थतन्त्रमा सुस्तता ल्याउने जोखिमको सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले यस क्षेत्रमा रहेका मुलुकहरुले एआईका सबल पक्षको अधिकतम उपयोग गरेमा, व्यापारिक अवरोध घटाएमा उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न सक्ने पनि प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ०९ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ