ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित « Khabarhub

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ । उक्त खेलमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन् । लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले भिगोविरुद्ध ४–२ गोल अन्तरको शानदार जित निकालेको हो ।

खेलको सुरुवाती अर्थात् १० मिनेटमा पेनाल्टी गोल गरेको लेवान्डोस्कीले त्यसपछि पहिलो हाफको ३७ र दोस्रो हाफको ७३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उसका लागि युवा स्टार लामिन यामलले पहिलो हाफको इन्जुरी समयमा अर्को एक गोल गरेका हुन् ।

भिगोका लागि सेर्गियो करेरैरा खेलको ११ औं र बोरखा इग्लेसियसले ४६ मिनेटमा गोल फर्काए । यो जितसँगै बार्सिलोना २८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको रिल म्याड्रिडको ३१ अंक रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ०३ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते