ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित « Khabarhub

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ । उक्त खेलमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन् । लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले भिगोविरुद्ध ४–२ गोल अन्तरको शानदार जित निकालेको हो ।

खेलको सुरुवाती अर्थात् १० मिनेटमा पेनाल्टी गोल गरेको लेवान्डोस्कीले त्यसपछि पहिलो हाफको ३७ र दोस्रो हाफको ७३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उसका लागि युवा स्टार लामिन यामलले पहिलो हाफको इन्जुरी समयमा अर्को एक गोल गरेका हुन् ।

भिगोका लागि सेर्गियो करेरैरा खेलको ११ औं र बोरखा इग्लेसियसले ४६ मिनेटमा गोल फर्काए । यो जितसँगै बार्सिलोना २८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको रिल म्याड्रिडको ३१ अंक रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ०३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्