इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित « Khabarhub

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम निटेमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ।

पिएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौं मिनेटमा हेडमार्फत् गोल गरेका हुन्।

अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए। त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुगेको हो।

रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए। उक्त खेलको २६ औं मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए। खेलको ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए भने ३३ औं मिनेटमा पिएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५० औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा पिएसजीले अतिरिक्त समयमा बाजी मारेको हो।

यो जितसँगै १२ खेल खेलेको पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ५६ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको