प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल « Khabarhub

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

सोनलले आज समाजिक सञ्जाल फेसबुकमार्फत सुटुक्क एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकोप्रति आक्रोश व्यक्त गर्दै मधेशका जनतामाथि धोका भएको उल्लेख गरेका हुन् ।

उनले स्वास्थ्य उपचारको नाममा मधेशबाट निस्किएकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सीमास्थित एक होटलमा बसेर मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलेको बताएका छन् ।

उनले लेखेका छन्– ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई  समाप्त पार्ने खेल गरिन्।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : १९ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल