मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ | Khabarhub Khabarhub

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४ महोत्तरीको बर्दिबासस्थित एक होटलबाट नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्य मन्त्री बनाएपछि प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरंगित बनेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेकी भण्डारीले नेपाली कांग्रेससहितको गठबन्धनलाई चक्मा दिँदै त्यही होटलबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसलाई लिएर आइतबार मात्रै मुख्यमन्त्री पद त्यागेका जितेन्द्र सोनलले कडा प्रतिक्रिया दिइसकेका छन् । उता एमालेको गठबन्धन छोडेर माओवादी केन्द्र र मधेशवादी दलहरूसँग नयाँ सरकार बनाउन तयारी गरिरहेको नेपाली कांग्रेसले पनि आक्रोश पोखेको छ ।

मधेशमा रातारात भएको राजनीतिक खेलप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत् कडा प्रतिक्रिया जनाएका छन् ।

उनले मधेश प्रदेशमम भएको ‘अराजनीति’लाई दुःखद भनेका छन् । ‘मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउने यो घटना निन्दनीय छ’, उनले भनेका छन्, ‘संविधानको धारा १६८ (२) अन्तर्गत सरकार बन्ने सम्भावना हुँदाहुँदै पनि मञ्चन गरिएको ‘प्रहसन’लाई न्यायालयले सच्याउने अपेक्षा छ ।’

प्रदेश प्रमुख भण्डारीको निर्णयलाई एमालेले संविधानसम्मत भनिरहँदाछ कांग्रेस र माओवादीले राजनीतिक ‘नाटक’को संज्ञा दिएका छन् । अब यस घटनाको संवैधानिक वैधतालाई लिएर अदालतमा चुनौती पुग्ने सम्भावना बढेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ३१ बजे

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर