झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।

अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६ः१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए । 

सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ३७ बजे

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको