एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान « Khabarhub

एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरुको बैठक बोलाएको छ ।

पार्टीका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले आज एक विज्ञप्तिमार्फत आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको जानकारी गराएका छन् ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।

विज्ञप्तिमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल गर्नुपर्ने भनिएको छ ।

एमालेले पछिल्लो समय प्रतिनिधिसभा पुनस्थापनाका लागि दबाब दिन आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्दै आएको छ ।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै