एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान « Khabarhub

एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरुको बैठक बोलाएको छ ।

पार्टीका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले आज एक विज्ञप्तिमार्फत आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको जानकारी गराएका छन् ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।

विज्ञप्तिमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल गर्नुपर्ने भनिएको छ ।

एमालेले पछिल्लो समय प्रतिनिधिसभा पुनस्थापनाका लागि दबाब दिन आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्दै आएको छ ।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ४८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक