बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै « Khabarhub

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ । जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए। 

पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन् । 

उनले भने, ‘जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण गरिने भएको छ, त्यसका लागि यहाँ रहेका ६० कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेका हौँ, यही हप्ताभित्रै स्थानान्तरण गरिसक्ने योजना छ ।’

यहाँ रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धुरा, बझाङ, कञ्चनपुर र बाँके स्थानान्तरण गरिनेछ । नयाँ बन्दीगृह निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख भण्डारीले बताए।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरणको तयारी भएको हो । स्थानान्तरणपश्चात् निर्माणको काम हुने जनाएको छ ।

नयाँ बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको र निर्माणका लागि  केकेजे कालिका एसबी जेभी सुकेधारासँग सम्झौता भएर कार्यादेश आइसकेको प्रमुख भण्डारीले बताए। 

पचासी जना क्षमताको नयाँ बन्ने बन्दीगृह विसं २०८४ असार १५ सम्म निर्माणसम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । विसं २०४० मा निर्माण भएको हालको बन्दीगृह जीर्ण अवस्थामा रहेको र त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुरक्षा चुनौती र व्यवस्थापनमा समस्या हुँदै आएको थियो । 

नयाँ बन्दीगृह बनेपछि व्यवस्थापनमा सहजता आउने प्रमुख भण्डारीको विश्वास रहेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : १० बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा