मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके | Khabarhub Khabarhub

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री बनाइएपछि मधेश प्रदेशमा तनाव भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै ४ बजे महोत्तरीको बर्बिदासस्थित पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिए ।

मधेशमा सात दलका सांसदहरूले मुख्यमन्त्रीको कार्यालयका कर्मचारीलाई कुटपिट गरेका छन् । यता प्रदेशसभामा छिर्न नदिएको भन्दै ड्युटीमा रहेका नेपाल प्रहरीका केही जवानलाई पनि उनीहरुले धक्कामुक्का गरेका छन् ।

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात दलका सांसद र कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले मुख्यमन्त्रीको कार्यालयका गमला, कुर्सी, टेबलसहितलाई निशाना बनाएका हुन् । मुख्यमन्त्रीको कार्यालयमा राखिएको राष्ट्रिय झण्डासमेत उनीहरूले रिसको झोंकमा निकालेर फ्याँकिदिएका छन् ।

यादवलाई मुख्यमन्त्री बनाइएपछि अहिले जनकपुरधाममा मधेशका सात दलका नेता कार्यकर्ता नाराबाजी गरिरहेका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ता मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका थिए । उता सात दलका कार्यकर्ताले प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबान्दी गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै आइतबार राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम नै सरकार गठनको प्रक्रिया अगाडी बढाउन माग गर्दै आइरहेका थिए ।

तर रातारात प्रदेश प्रमुखले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि मधेशको राजनीति गर्माएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ३२ बजे

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण

केपी ओलीले ढोका नखोलेपछि प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेलामा नेताहरू छिन्नभिन्न भएर आफ्नो