मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके « Khabarhub

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री बनाइएपछि मधेश प्रदेशमा तनाव भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै ४ बजे महोत्तरीको बर्बिदासस्थित पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिए ।

मधेशमा सात दलका सांसदहरूले मुख्यमन्त्रीको कार्यालयका कर्मचारीलाई कुटपिट गरेका छन् । यता प्रदेशसभामा छिर्न नदिएको भन्दै ड्युटीमा रहेका नेपाल प्रहरीका केही जवानलाई पनि उनीहरुले धक्कामुक्का गरेका छन् ।

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात दलका सांसद र कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले मुख्यमन्त्रीको कार्यालयका गमला, कुर्सी, टेबलसहितलाई निशाना बनाएका हुन् । मुख्यमन्त्रीको कार्यालयमा राखिएको राष्ट्रिय झण्डासमेत उनीहरूले रिसको झोंकमा निकालेर फ्याँकिदिएका छन् ।

यादवलाई मुख्यमन्त्री बनाइएपछि अहिले जनकपुरधाममा मधेशका सात दलका नेता कार्यकर्ता नाराबाजी गरिरहेका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ता मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका थिए । उता सात दलका कार्यकर्ताले प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबान्दी गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै आइतबार राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम नै सरकार गठनको प्रक्रिया अगाडी बढाउन माग गर्दै आइरहेका थिए ।

तर रातारात प्रदेश प्रमुखले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि मधेशको राजनीति गर्माएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ३२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक