घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो « Khabarhub

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए।

उनका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षणलगायतका काम सकिएको छ । कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताए। भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन हुने छ । 

सडक २१ किलोमिटर ५८ मिटर रहेको छ । कालोपत्रको चौडाइ चारलेनको हुने छभने बीचमा बीचमा मेडिएन र दुवैतर्फ दुई-दुई लेनको सडक हुनेछ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । 

यसले सडकलाई थप मजबुत बनाउने जनाइएको छ । सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको प्रमुख विष्टले बताए । उनका अनुसार उक्त सडकबीचमा पर्ने  सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । 

तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय  ठेक्का गर्ने सहमति भएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ५९ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली