राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ | Khabarhub Khabarhub

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशमा तनाव बढेको छ ।

उक्त निर्णयविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका सात दलले तीव्र विरोध जनाएका छन् । यो घटनाक्रमले समग्र देशकै राजनीतिक वातावरण तरंगित बनेको छ।

मधेशका सात दलले यादवको नियुक्तिलाई अनियमित र अप्ठ्यारो समयमा गरिएको कदम भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

विरोधमा उत्रिएका मधेशस्थित सांसदहरुले मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात गरेका छन् । प्रदेशसभा भित्र प्रवेश नदिन प्रहरीसँग झडप हुँदा केही नेपाल प्रहरीका जवानहरूसँग धक्कामुक्का भएको छ। उता मुख्यमन्त्रीको कार्यालयमा पनि व्यापक तोडफोड भएको छ।

यसैबीचमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जालमार्फत् यही मौकामा मधेश प्रदेशलाई स्वायत्त राज्य घोषणा गर्नुपर्ने आवाज उठाएका छन्।

मधेशका कारण समग्र देशकै राजनीति तरंगित भइरहेका बेला जनमत पार्टीका अध्यक्षा डा. सीके राउतले यही मौकामा मधेश प्रदेशलाई स्वायत्त राज्य घोषणा गर्नुपर्ने बताएका छन् ।

कुनै बेला नेपालबाट मधेश टुक्रयाउन सशस्त्र संघर्ष चलाएका उनले लामो समयपछि स्वायत्त मधेश प्रदेशको कुरा उठाएका हुन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै यही मौकामा मधेशलाई स्वायत्त बनाउन सकिने तर्कसहित अब नेपाली शासकबाट डराउन नहुने पनि बताएका छन् ।

राउतले अब खुलेर मधेशलाई स्वायत्त प्रदेश बनाउनुपर्ने बताएका हुन् । त्यो घोषणाका लागि प्रदेशसभा वा सडकमा समेत धर्ना/सभा गर्ने उनले बताएका छन् ।

‘मधेश प्रदेश सभाको बैठकबाट मधेशको स्वायत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं… अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? … हामीले मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ’, उनले हिजो सशस्त्र संघर्षको एजेन्डा दोहोर्‍याउँदै भनेका छन् ।

राउतले मधेशलाई ५४ प्रतिशत जनसंख्याको एउटै क्षेत्रका रूपमा हेर्ने र अहिलेको शासकीय व्यवस्थाबाट अलग राख्ने गरी आन्दोलित हुनुपर्ने बताएका छन् ।

उनले मधेशमा पूर्ण स्वायत्तताको आन्दोलन आवश्यक भएको बताएका छन्। उनले सिंहदरबारबाट नियुक्त भएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग लगायतका निकायहरूले मधेशी पक्षधर नेताहरू र पार्टीहरूलाई विभाजित र दमन गर्ने प्रयास गरिरहेको उल्लेख गरेका छन्।

यो नियुक्ति र त्यसपछिको विरोधबीच प्रदेशको राजनीतिक अवस्था थप अनिश्चित र तनावपूर्ण बनेको छ।

कांग्रेससहितका साद दलले कानुनी, संवैधानिक तथा सार्वजनिक रुपमा आवाज उठाएका छन् । उनीहरू यो नियुक्तिविरुद्ध सर्वोच्च जाने भएका छन् ।

तनाव

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटमाल एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिन्। त्यसपछि आइतबार मात्रै बनेको सात दलीय गठबन्धनले सडक र प्रदेश कार्यालय तथा मन्त्रालयमा व्यापक तोडफोड गरेका छन्।

विरोधका क्रममा मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट भएको छ। केही प्रहरी जवानहरूसँग धक्कामुक्का भएको छ । यही मौकामा जनमत पार्टीका अध्यक्ष डा. राउतले मधेशलाई स्वायत्तता दिनुपर्ने बताएका हुन् ।

संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि सात दलले अब सर्वोच्चमा बहुमत सिद्ध गर्न लागेका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : १४ बजे

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

थाइल्यान्ड-कम्बोडियाबीचको शान्ति सम्झौता स्थगित

एजेन्सी– कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते

निःशुल्क स्वास्थ्य सेवा पाउनबाट कोही नागरिक बञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री शर्मा 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले आधारभूत स्वास्थ्य सेवा

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता

पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो

काठमाडौं– गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति