जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी « Khabarhub

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरू विस्थापित भएको पुष्टि गरेको छ ।

ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन(कोप–३०) हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम सम्बन्धी प्रकोपहरूले लगभग २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ ।  

दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम र चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित  तीन चौथाई मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको जनाइएको छ ।  

प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू, र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रुपमा धेरै समस्या सामना गर्नु  पर्ने जटिलता बडाइ दिएको जनाएको छ ।

युएनएचसीआरका अनुसार जलवायु परिवर्तनको नतिजालाई अनुकूल बनाउनका लागि उपलब्ध कोषको एक चौथाई मात्र द्वन्द्वबाट खतरामा परेका देशहरूमा पुग्छ, जहाँ प्रायः ठूलो सङ्ख्यामा शरणार्थीहरू बसोबास गर्छन् ।

कोप– तथा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनलाई प्रायः गरिब देशहरूले बढ्दो कठोर जलवायु अवस्थालाई अनुकूल बनाउन धनी राष्ट्रहरूबाट थप कोष व्यवस्थापनका लागि  स्थापित मञ्चको रूपमा लिइन्छ ।

स्थिरता चाहनेहरूले जोखिममा रहेका मानिसहरूको थप विस्थापन रोक्नुका साथै जलवायु वित्तपोषण किनारमा बसोबास गर्ने समुदायहरूमा पुग्न आवश्यक रहेको ‘संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका आयुक्त फिलिपो ग्रान्डीले बताए । उनले जलवायु सम्मेलनमा सहभागीहरूलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्न आग्रह गर्दै कोपले प्रतिज्ञा मात्र नगरी वास्तविक कार्य गर्नुपर्ने जनाएका छन् । ‘
 
ब्राजिलको अमेजन वर्षावनमा रहेको बेलेम सहरमा हुने दुई हप्ताको वार्ताका लागि १९० भन्दा बढी देशका करिब ५० हजार सहभागीहरू भेला भइरहेका छन् । उनीहरूले जलवायु संकट र यसका विनाशकारी प्रभावहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने बारे छलफल गर्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : ५२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु