रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू) « Khabarhub

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका छन् ।

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्न सोमबार काठमाडौंमा आयोजित घर फर्क अभियान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए ।

कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगाएत एमालेमा फर्किएका थिए ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन हुँदा झाँक्री लगायतका नेताहरूले एमाले छाडेका थिए । एमाले छाडेको चार वर्ष पछि अध्यक्ष ओलीले पुनः उनीहरूलाई एमालेमा स्वागत गरेका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ३४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको