नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा | Khabarhub Khabarhub

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाधिवेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेन-जी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन-जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ । 

युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन-जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय गरेको छ । जसमध्ये, कांग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मङ्सिरभित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर कांग्रेसको लामो समयदेखि चलिरहेको निरन्तरको बैठकप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्वसहित सहभागी हुनुपर्ने र महासङ्घ आम निर्वाचनपूर्व एकीकृत रूपमा सहमतिका साथ विधानका साथै संविधानको मूल मर्मअनुसार सबै वर्गको सहभागिता हुनेगरी यथाशीघ्र महाधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । कांग्रेसको निर्णय विहीनताले मुलुक पनि दिशाविहीन भएको समेत महासङ्घको ठहर रहेको छ ।

कांग्रेसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटकभन्दा बढी संसदीय प्रतिनिधिका रूपमा अवसर पाइसकेकाहरूलाई सङ्गठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रूपमा समेट्ने गरी उम्मेदवारहरू तय गर्ने नीति लिन कांग्रेसलाई आह्वान गरेको छ । त्यसैगरी पार्टी संरचनाभित्र पनि आरक्षित सिटहरूमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्ने युनियनको निर्णय छ ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रमिकहरूको पक्षका सरकार विगतदेखि उदासीन भएको बताउँदै हाल मन्त्री विहीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्न सरकारलाई ध्यानकेन्द्रित गराउने बताए। 

उनले श्रमिकले समाजको सबै समुदायको प्रतिनिधित्व गने हुँदा संविधानमा छुट्याइएका विभिन्न क्लस्टरमध्ये, श्रमिक र कृषकको स्थान सुनिश्चित गरिनुपर्ने धारा राखे। उनले अबको कांग्रेसको महाधिवेशनमा जेन-जी पुस्तालाई समेटिनुपर्ने बताए ।

यसैगरी युनियनका महासचिव अजयकुमार राईले जेन-जी आन्दोलनपछिको सामाजिक, राजनीतिक रूपान्तरणको अपेक्षाप्रति राजनीतिक पार्टीले गम्भीर आत्मसात् गर्नुपर्ने बताए।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ३७ बजे

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट