पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु « Khabarhub

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताएकी छन् । 

सिंहदरबारमा सोमबार बसेको कोष सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् ।

उनले मुलुकको सांस्कृतिक ऐतिहासिक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।

यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायामा राख्न खोज्नु गलत भएको उनले बताइन् ।  

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ ।  

प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै