रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे « Khabarhub

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार वर्षपछि नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेन-जी आन्दोलनपछि डरले घरमा लुकेकाहरू एमाले नेताहरूको आँटपछि घरबाट निस्किएको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभागृहमा भएको ‘घर फर्क’ अभियानलाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘जेन-जी आन्दोलनपछि डर त्रासले मानिसहरू घरबाट निस्किन सक्नु भएको थिएन । एमाले नेताहरूको आँटले सबैजना घरबाट निस्किन सके’, उनले भने, ‘जेन-जीहरूको विध्वंश र आगजनीले आतंक मच्चाइएको थियो । तर एमालेका केही नेताको आँटले त्यो आतंकको डर हट्यो ।’

उनले जेन-जीहरूले पार्टी बनाउन गरिरहेको प्रयासलाई लिएकोबारे पनि टिप्पणी गरिन् । ‘जेन-जीहरूले कतिवटा पार्टी बनाउँछन् ? पार्टी नबनाउने भए आउनुस् एमालेमा आउनुस्’, उनले भनिन्, ‘एमालेमा आउनुस् तपाईंहरूका लागि चारै ढोका खुल्ला छन् ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : १३ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको