एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ | Khabarhub Khabarhub

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एएफसी एसियन कप छनोटअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल खेलाडीको फिटनेसका लागि महत्त्वपूर्ण हुने बताए  । छोटो समयको बन्द प्रशिक्षण भए पनि दुवै खेलमा राम्रो नजिता आउने उनको विश्वास छ ।

त्यस्तै उनले ए डिभिजन लिगको माग गर्दै राष्ट्रिय खेलाडीहरू विरोधमा उत्रनुपर्ने अवस्था नेपाली फुटबलका लागि उचित नभएकाले सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्ने धारणा राखे ।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३३ बजे

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त गर्ने

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७