संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव « Khabarhub

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताएका छन्। 

आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतका मुख्यमन्त्रीहरुले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको  राजनीतिक अन्योलता हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गरे ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएको उल्लेख गर्दै प्रदेशको संवैधानिक सङ्कट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनको भनाइ थियो । 

मुख्यमन्त्री यादवले भने, ‘आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरूलाई आग्रह गर्दछु ।’

उनी मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दल तथा तिनका कार्यकर्ताहरूले  मधेस प्रदेश भवनभित्र आज  तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

विरोध प्रदर्शनका कारण  मन्त्रालयहरूको अवस्था अस्तव्यस्त भएको थियो । साथै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत भएको थियो ।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : २५ बजे

स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !

काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको

डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

काबुल– डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय