बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी « Khabarhub

बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंमा प्रहरी कार्यालय तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकीलाई पक्राउ गरिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सिद्धिकीमाथि प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधनमा तोडफोड र आगजनी गरेको आरोप लागेको छ । उनीसहितका युवाहरूले सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गर्दै उनीहरूका बर्दी फुकाल्न बाध्य पारेका थिए।सिद्धिकीले प्रहरीका हातहतियार लुटपाट गरेको पनि खुलेको छ ।

पक्राउ परेका सिद्धिकीको कोठा खानतलासी गर्दा प्रहरीले ग्यास गनका दुईवटा सेल बरामद गरेको जनाएको छ। उनलाई आपराधिक उपद्रव गर्न नहुने ऐन र हातहतियार तथा खरखजानासम्बन्धी कसूर अन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराई यस घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल