प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा « Khabarhub

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रमको संज्ञा दिएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले हालै खोलिएको उक्त नयाँ दललाई वृद्धाश्रम भनेका हुन् ।

‘अहिले एउटा जेष्ठ नागरिक आश्रम सक्रिय भएको छ । जहाँ अब बागलुङ र प्युठानतिरकालाई समेट्दा पूरा हुन्छ’, उनले भने, ‘वरीयताबिना बस्नै नसक्ने बुढाहरूको समूह त्यहाँ जम्मा भएको छ । पदबिना अडिनै नसक्नेहरूले वृद्धाश्रम बनाएका छन् ।’

उनले प्रचण्ड नेतृत्वको नेकपा दोस्रो वरीयता, चौथो वरीयता र छैटौँ वरीयताका वृद्धहरू बटुलिएको पनि बताए । ‘उमेरले मात्रै नहुने रहेछ । छैटौँ नम्बर पाएपछि कुदिहाल्ने रहेछन्’, उनले बुधबार नेकपामा प्रवेश गर्न लागेका भीम रावललाई कटाक्ष गर्दै भने, ‘एमाले युवाहरूको संगठन हो । वृद्धहरूले अझै आफ्नो उमेरका जम्मा गर्दैछन् । हामी काम गर्ने युवाहरूलाई भित्र्याउँदैछौँ ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ४८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको