प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । खरेलका अनुसार प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन्।

त्यसअगाडि नै सरकारले कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। नयाँ आईजीपीका लागि कार्कीसहित डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह पनि दौडमा थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ५६ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी