विराटनगर– सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरू देखिन थालेका छन् । हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार सिमसार र जलाशय रहेको सो क्षेत्रमा २२ वटा डल्फिन पनि रहेको पत्ता लागेको छ ।
प्रत्येक दुई वर्ष चराको गणना हुनुपर्ने मा यस वर्ष गणना नभएको र यस क्षेत्रमा ५३५ प्रजातिको चराहरूको बासस्थान रहेको उहाँको भनाइ छ । आरक्षणमा साइवेरिया र रुससम्मका चराहरू आउने गरेका छन्
आरक्षणमा ५०० भन्दा बढी जङ्गली भैँसी अर्ना रहेको र सन् २०२१ मा गणना हुँदा कूल ४९८ वटा अर्ना रहेको पुष्टि भएको थियो । यस वर्षको अविरल वर्षा र झरीबाट कुनै पनि क्षति नभएको सो क्षेत्रमा संरक्षित जनावरहरू नजिकै गाउँबस्तीमा प्रवेश गर्दा समस्या उत्पन्न हुने गरेको बताइएको छ ।













प्रतिक्रिया