हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी « Khabarhub

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन् ।

धनगढीको क्रिकेट एकेडेमीमा एनपिएलका लागि आइतबार र आज भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्रगतिका बलर हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी घोषित भएका हुन् ।

रोयल्सका प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणमा खेलाडी छनोट गरेको छ । ट्यालेन्ट हन्टमा झण्डै ३०० सहभागी थिए । हिक्मतले अब सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने छन् ।

आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको रोयल्सले जनाएको छ । जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरिएको हो ।

काठमाडौँमा हुन लागेको एनपिएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन,क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन सहभागी छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ०१ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर