हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी « Khabarhub

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन् ।

धनगढीको क्रिकेट एकेडेमीमा एनपिएलका लागि आइतबार र आज भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्रगतिका बलर हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी घोषित भएका हुन् ।

रोयल्सका प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणमा खेलाडी छनोट गरेको छ । ट्यालेन्ट हन्टमा झण्डै ३०० सहभागी थिए । हिक्मतले अब सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने छन् ।

आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको रोयल्सले जनाएको छ । जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरिएको हो ।

काठमाडौँमा हुन लागेको एनपिएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन,क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन सहभागी छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ०१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी