निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश « Khabarhub

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले आज आफूलाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर गरेको बन्दी रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निजको अभिव्यक्तिकै आधारमा थुनामा नै राखी अनुसन्धान गर्नु संविधानले आत्मसात गरेको वैयक्तिक स्वतन्त्रताको संरक्षणसम्बन्धी मूल्यमान्यता अनुकूल नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ समेतको कानुनी व्यवस्थाको रोहमा निज उपरको अनुसन्धान तहकीकातको विश्वसनीयता र प्रभावकारितामा असर नपर्ने गरी निजबाट धरौट वा जमानत लिई वा निजलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्नु ।”

आदेशमा निजको साथबाट कुनै विष्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको र निजको अभिव्यक्तिकै थुनामा राख्नुभन्दा हाजिरी जमानीमा राखेर अनुसन्धान गर्दा उपयुक्त हुने ठहर गरिएको छ ।

भुसाललाई समाजमा अफवाह फैलाउने र भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आफूलाई थुनामुक्त गर्न माग गर्दै भुसालको हकमा सुनिलप्रसाद साहले बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दायर गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ४१ बजे

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

राष्ट्रिय निकुञ्जसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,