१० प्रतिशत निःशुल्क छात्रवृत्ति दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन « Khabarhub

१० प्रतिशत निःशुल्क छात्रवृत्ति दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका निजी (संस्थागत) विद्यालयलाई कानुनअनुसार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन्।

मन्त्री पुनका अनुसार, विद्यमान नियम अनुसार संस्थागत विद्यालयले आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ।

उनले भने, ‘सो नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका संस्थागत विद्यालयबाट संकलन गरी पेश गर्न शिक्षा तथा मानव विकास केन्द्र, सानोठिमी, भक्तपुरलाई निर्देशन दिएको छु।’

मन्त्री पुनले यदि कुनै विद्यालयले सो कानुनी प्रावधानअनुसार छात्रवृत्ति प्रदान नगरेको भए तुरुन्तै नियमानुसार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने चेतावनी समेत दिएका छन्। शिक्षा मन्त्रालयले विद्यार्थीमा पहुँच र समान अवसर सुनिश्चित गर्नका लागि यो कदमलाई आवश्यक र प्रभावकारी पहलका रूपमा लिएको बताएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ५६ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको