अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने « Khabarhub

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नैबलाई टोलीमा भित्र्याएको छ ।

दायाँहाते ब्याट्सम्यान र मिडियम–फास्ट बलरका रूपमा परिचित नैबलाई लुम्बिनी लायन्सले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।

३४ वर्षीय नैबले अफगानिस्तानका लागि ८९ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीयमा १ हजार १ सय ७९ रन र ७४ विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ९६८ रन र ३५ विकेट आफ्नो नाममा दर्ता गराएका छन्।

गुल्बादिनले अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायत विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

लुम्बिनी लायन्सले यसअघि पनि केही विदेशी खेलाडीहरू अनुबन्ध गरिसकेको छ। अब गुल्बादिनको आगमनसँगै टोली अझ बलियो बनेको लायन्स व्यवस्थापनले जनाएको छ।

नेपाल प्रिमियर लिग मंसिर १ गते देखि सुरु हुँदै छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ०८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी