अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने « Khabarhub

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नैबलाई टोलीमा भित्र्याएको छ ।

दायाँहाते ब्याट्सम्यान र मिडियम–फास्ट बलरका रूपमा परिचित नैबलाई लुम्बिनी लायन्सले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।

३४ वर्षीय नैबले अफगानिस्तानका लागि ८९ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीयमा १ हजार १ सय ७९ रन र ७४ विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ९६८ रन र ३५ विकेट आफ्नो नाममा दर्ता गराएका छन्।

गुल्बादिनले अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायत विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

लुम्बिनी लायन्सले यसअघि पनि केही विदेशी खेलाडीहरू अनुबन्ध गरिसकेको छ। अब गुल्बादिनको आगमनसँगै टोली अझ बलियो बनेको लायन्स व्यवस्थापनले जनाएको छ।

नेपाल प्रिमियर लिग मंसिर १ गते देखि सुरु हुँदै छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ०८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६