आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार « Khabarhub

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट उद्धार गरिएको छ। ‘उनीहरूलाई समुद्रको लहरबाट सुरक्षित रूपमा निकालिएको छ,’ एक उद्धारकर्ता र पिडितमध्ये एक व्यक्तिकी पत्नीले सोमबार जानकारी गराए ।

‘भियतनामको मध्य तटको पानीमा तीन जहाजले गरेको अपरेशनमा शनिबार उनीहरूलाई धेरै घण्टा लगाएर उद्धार गरिएको थियो,’ उद्धार जहाजहरू मध्ये एकमा सवार एक उद्धाररकले भने।

काल्मेगी बिहीबार देशको आँधीबेहरीले प्रभावित मध्य क्षेत्रमा अवतरण भएको र यसका कारण कम्तीमा पाँच भियतनामी नागरिकको मृत्यु भएको थियो । यसअघि, सोही आँधीका कारण फिलिपिन्समा २०० भन्दा बढीको मृत्यु भएको थियो ।

डुङ्गाले तीन जनामध्ये एक जनालाई सुरक्षित स्थानमा ल्याएपछि ४० वर्षीय फान हाउले एएफपीलाई भन्नुभयो, “हामी पूर्ण रूपमा स्तब्ध भयौँ । बाँच्ने आशा गुमाएका थियौँ।”

“हामी मध्ये कसैले पनि बाँच्ने आशा मारिसकेका थियाँै । जहाजमा उद्धारका लागि गएका हामी १० जनामध्ये धेरैले उनीहरूलाई जीवित पाउने आशा राखेका थिएनन् । तर जव भेटे उनलाई जीवित पाए। त्सले आफुहरूको दुःख बिर्साइदिएको उद्धारकर्मीहरूले बताए ।

उद्धार गरिएकामध्ये एक ४४ वर्षीय डुओङ क्वाङ कुओङ पारिवारिक विवादपछि बिहीबार दिउँसो पानीमा हाम फालेपछि ती तीन जना उनलाई खोज्न पानीमा पसेकासरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ले क्वाङ सान र फाम डुय क्वाङले कुओङलाई बचाउने प्रयास गर्न एउटा सानो डुङ्गामा लाइफ ज्याकेटको साथ डुङ्गा चलाए, तर जहाज पल्टियो र तीनै जना किनारबाट टाढा पुगे र अन्ततः अलग भए ।

क्वाङलाई शनिबार बिहान ली सोन टापुको दक्षिणमा हाई नाम ३९ जहाजले उद्धार गरेको थियो ।

उनीहरूलाई अहिले परिवारको जिम्मा लगाइएको छ भने आवश्यक उपचारका लागि अस्पताल भर्ना पनि गरिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : ०५ बजे

झुटा सूचनाले समाजमा गम्भीर समस्या : उपाध्यक्ष पौडेल

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका

वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार

काठमाडौं- एक जना रुसी वरिष्ठ सैन्य अधिकारीमाथि गोली प्रहार भएको

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ