कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी « Khabarhub

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो आकाङ्क्षा रहेको स्पष्ट पारेका छन् ।

भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पदप्रति आफ्नो आकाङ्क्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका छन् ।

उनले देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन् ।

उनले साथीहरूको जिज्ञासा मेरो धारणा भन्दै लेखेका छन्– ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकाङ्क्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश, जनता , प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म- जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’

भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने स्पष्ट पारेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ५६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको