आज २०८२ साल मंसिर २४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २४ गते बुधबारको राशिफल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १० तारिख । पुष कृष्ण पक्षको षष्ठी तिथि । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

वृष : आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन् । आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ । रोग बढ्ने जोखिम छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।

कर्कट : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ ।

सिंह : दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ ।

कन्या : दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।

तुला : दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिक : दिन सहज छ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा कर्तव्य पूरा गर्नु मात्र उचित हुनेछ ।

धनु : दिन सामान्य छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।

मकर : दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।

मीन : नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ११ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी