बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ५ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार