पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै « Khabarhub

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ ।

चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।

पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ । जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।

पैँयू गाउँपालिका– २ का अध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताए । हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएको उनको भनाइ छ । हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ४४ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले