शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु « Khabarhub

शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिकामा शिलान्यास भएको चार वर्षपछि ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण सुरु गरिएको छ ।

स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा दुई करोड ६४ लाख ५० हजारको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो ।

एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल निर्माण गर्न लागिएको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए ।

आगामी भदौभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ ।

निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर रावलले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : २६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले