एमाले महाधिवेशन अगाडि घरदैलो अभियान « Khabarhub

एमाले महाधिवेशन अगाडि घरदैलो अभियान


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलो कार्यक्रम सुरु भएको छ ।

एमालेले महाधिवेशनका लागि घरघरमा पुगेर निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी बुधबार बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।

यो कार्यको संयोजन पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन्। घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी थिए।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १० : ३३ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले