कुखुरामा ‘एनेमिया भाइरस’ « Khabarhub

 कुखुरामा ‘एनेमिया भाइरस’


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । 

कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । 

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । 

जिल्लामा पहिलो पटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उनले बताए । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमुनामा यो रोग देखिएको हो ।  

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरूले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उनले भने, ‘प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।’ 

यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन् । उनले भने, ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन ।’ 

कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए ।

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उनले बताए । 

अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरा पालक किसानहरूलाई यसबाट सचेत रहन उनले आग्रह गरे । 

यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउछन् । 

बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : ५५ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय