शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान « Khabarhub

शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ ।

कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो । 

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम १७ नं. वडा जन प्रतिनिधी, शिवं सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो । 

कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । 

उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्‍याएकोमा शिवं सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए ।  

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १२ : ५७ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको