सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ध्यान दिएको छ : मन्त्री खरेल « Khabarhub

सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ध्यान दिएको छ : मन्त्री खरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् । 

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारीका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जने-जी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका हुन् । 

त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उनले बताए ।

मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार लगायतका राज्यका निकायहरूमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरे । 

उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारका तर्फबाट सबै तयारी गरिसकेको जानकारी दिए ।

त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकारहरू राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझावसमेत दिए । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ४१ बजे

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी– यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने भन्दै

सरकारले जेन-जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले जेन-जी

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी