चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु « Khabarhub

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।

गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मंगलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो ।

‘आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र  व्यवस्थापनको कार्य भइरहेको बताएको छ । 

यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको  थियो । हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ ।

गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली