अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम र नगद १३ हजार रूपैयाँसहित सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय विष्णु गुरुङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.५५ प ६८८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० हजार ५ सय ३० ट्याब्लेटसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ बस्ने १९ वर्षीयरामहरी मगर र सिद्धलेक गाउँपालिका-७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ०११७ नम्बरको इभीगाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी पर्साकै वीरगंज महानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्रामसहित सोही महानगरपालिका-१७ अलौ बस्ने २४ वर्षीय विशाल कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडाप्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटार चोकबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण बहादुर साउदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कर्मीडाँडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धन बहादुर चौधरी रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय २० मिलिग्राम सहित विदेह नगरपालिका-१ ठाडी बस्ने ४१ वर्षीय अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले भोईलबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२- ००१ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरूवा अहमद र भारत बहराइच बस्ने २५ वर्षीय तोहिद खान रहेका छन् । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, बुप्रेनोर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुलसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-३ बस्ने २८ वर्षीय निर्मल बस्याल र तनहुँ आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय पृतम लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० लाहुरे टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६२ ग्राम २ सय ९० मिलिग्रामसहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-३२ टेडा घर भएका १९ वर्षीय रैफुल्लाह मिया ठकुराई, १९ वर्षीय प्रवेज अन्सारी, १८ वर्षीय किशोर, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, सोही महागनरपालिका-२१ पार्वतीपुर बस्ने ३६ वर्षीय भीम प्रसाद तामाङ, ३२ वर्षीय मनोज विक, सोही महानगरपालिका-४ त्रिचोक बस्ने २१ वर्षीय सरोज योञ्जन तामाङ र पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने २३ वर्षीया आईषा खातुन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत बिहार सिमरा फारमेसगंज गाउँ पञ्चायत-१४ बस्ने ३० वर्षीय सुरज कुमार सोनी र २५ वर्षीय केशव कुमार सोनी रहेका छन् । 

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बिआर ३८ टि ३५९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ४१ वर्षीय राकेश यादव र भारत बिहार जोगवनी थाना इन्द्रपुर बस्ने २६ वर्षीय निरज राय रहेका छन्। 

इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले हुलासबाट दरैयातर्फ जाँदै गरेको को.२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकै विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५८ ग्राम १ सय ४० मिलिग्रामसहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ बस्ने ३४ वर्षीय दावा लामा होल्मोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ३३ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै