नागढुङ्गा नौबिसे सडक : स्तरोन्नतिको काम सुरु (तस्बिरहरू) « Khabarhub

नागढुङ्गा नौबिसे सडक : स्तरोन्नतिको काम सुरु (तस्बिरहरू)


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे सुरु गरिएको छ ।

मंसिर २४ गते देखि पुस १ गतेसम्म बिहान १०:३० बजे देखि ३:३० बजेसम्म सो सडक खण्ड बन्द गरी सडकको स्तरोन्नति गर्ने काम आजबाट सुरु भएको हो ।
  
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वयन गरी छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडक बन्द गरी काम अगाडी बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सूचना प्रकाशित गरी सडक बन्द गरी काम अगाडी बढाएको हो ।

सडक विस्तारको कार्य अन्तर्गत त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । 

सोही क्रममा उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखी काम सम्पन्न गरिने सडक विभागले जानकारी दिएको छ । 

सो सडकखण्ड साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । 

यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि सुरु गरिएको आयोजनाले जानकारी दिएको छ ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिएका छन् भने अत्यावश्यकीय सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरी पठाउने काम भइरहेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ५८ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको